निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेट्न माइतीघर पुगे गृहमन्त्री लामिछानेले

डिसी नेपाल
३० पुष २०७९ १५:३६
88
Shares

काठमाडौं। नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिबार भेट गरेका छन्। भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए। निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नाता रहेको आरोप छ। लामिछानेले जोसुकैको सम्लग्नता भए पनि दोषीलाई कारबाही गरेरै छाड्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *