रवि लामिछाने पुगे हात्तिगौडास्थित निजी निवास, सबै सुरक्षाकर्मी गरे फिर्ता

डिसी नेपाल
१३ माघ २०७९ २२:३०

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेर निजी निवासमा पुगेका छन् ।

उनी यतिबेला हात्तिगौडास्थित निजी निवास गएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् ।

उनले आफ्नो सुरक्षार्थ खटिएका सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेका छन् । सुरक्षाकर्मी फिर्ता गर्ने क्रममा उनलाई पूर्वउपप्रधानमन्त्रीको हैसियतमा केही सुरक्षाकर्मी  रहने त्यहाँ रहेका सुरक्षाकर्मीले बताएका थिए ।

तर, लामिछानेले आफूलाई कुनै सुरक्षाकर्मीको जरुरत नपर्ने भन्दै आम नेपाली जनता जसरी बसेका छन् त्यसरी आफू रहने बताएका थिए । उनले आवश्यक परे बोलाउने भन्दै अहिलेलाई सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेको बताइएको छ ।

उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा भावविह्वल भएका थिए ।




प्रतिक्रिया

One thought on “रवि लामिछाने पुगे हात्तिगौडास्थित निजी निवास, सबै सुरक्षाकर्मी गरे फिर्ता

Leave a Reply to Anita thapa Cancel reply

Your email address will not be published. Required fields are marked *