रवि लामिछाने पुगे हात्तिगौडास्थित निजी निवास, सबै सुरक्षाकर्मी गरे फिर्ता

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेर निजी निवासमा पुगेका छन् ।
उनी यतिबेला हात्तिगौडास्थित निजी निवास गएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् ।
उनले आफ्नो सुरक्षार्थ खटिएका सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेका छन् । सुरक्षाकर्मी फिर्ता गर्ने क्रममा उनलाई पूर्वउपप्रधानमन्त्रीको हैसियतमा केही सुरक्षाकर्मी रहने त्यहाँ रहेका सुरक्षाकर्मीले बताएका थिए ।
तर, लामिछानेले आफूलाई कुनै सुरक्षाकर्मीको जरुरत नपर्ने भन्दै आम नेपाली जनता जसरी बसेका छन् त्यसरी आफू रहने बताएका थिए । उनले आवश्यक परे बोलाउने भन्दै अहिलेलाई सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेको बताइएको छ ।
उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा भावविह्वल भएका थिए ।
Yo sabai natak ho adalatko.progressive manxelai yastai garxa tar nidar hunu ladnu hami sabi hajur sathma xau.don, worry…….