आजबाट सिंहदरबारमा २४ सै घण्टा मेलम्चीको पानी

डिसी नेपाल
२६ माघ २०७९ ७:४२
172
Shares

काठमाडौं। सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ।

बुधबार पानी वितरण कार्यको परीक्षण सफल रुपमा सम्पन्न भए पछि आजदेखि २४ घन्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठूलो प्रशाशनिक क्षेत्र सिंहदरवारमा वितरण कार्य सुरु हुन लागेको हो। जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीकाे पानी उपलब्ध हुनेछन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ। उनका अनुसार त्यसका लागि पाइप बिच्छयाउने, वितरण गर्ने, पानी बितरणको परिक्षण लगायत आवश्यक सबै तयारी पूरा भइसकेको छ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ।

सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसाली सकिएको छ। सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घन्टा नै पानी वितरण हुनेछ।

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरु जडान गरिसकिएको छ।

मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक-आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरु निमार्ण गरेको छ। जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हाे।

यसअघि बोरिङवाट सिंहदरबारमा पानी बितरण गरिँदै आएको थियो। मेलम्चिवाट पानी वितरण हुने भए पछि सिंहदरवारको भूमिगत पानीको संरचनास्थल क्रमशः पुरानै स्थितिमा फर्कने वातवरण विद्हरुले जनाएका छन्।




प्रतिक्रिया

One thought on “आजबाट सिंहदरबारमा २४ सै घण्टा मेलम्चीको पानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *