सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

डिसी नेपाल
२७ माघ २०७९ १२:०१
52
Shares

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.४४९ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजी ३ अर्व १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको  ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर र ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद वितरण गर्नेछ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.