४ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२९ माघ २०७९ १०:४९
292
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। शुक्रबार प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.