नेपाल सरकारको दुई वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको दुई वटा विकास ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो।
विकास ऋणपत्र २०८४ ‘झ’ ८ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ५ वर्ष रहने छ भने यसमा लगानीकर्ताले ९.५ प्रतिशत ब्याजदर पाउँछन्। यो ऋणपत्र माघ १८ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ।
यस्तै, विकास ऋणपत्र २०८४ ‘ञ’ ७ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ५ वर्षको रहेको छ। यसमा लगानीकर्ताले ८.९८ प्रतिशत ब्याजदर पाउने छन् भने यसको साँवा भुक्तानी २०८४ माघ २५ गते हुनेछ। यो ऋणपत्र माघ २५ गते निष्कासन भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment