नेपाल सरकारको दुई वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

डिसी नेपाल
९ फागुन २०७९ ११:३८

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको दुई वटा विकास ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो।

विकास ऋणपत्र २०८४ ‘झ’ ८ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ५ वर्ष रहने छ भने यसमा लगानीकर्ताले ९.५ प्रतिशत ब्याजदर पाउँछन्। यो ऋणपत्र माघ १८ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ।

यस्तै, विकास ऋणपत्र २०८४ ‘ञ’ ७ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ५ वर्षको रहेको छ। यसमा लगानीकर्ताले ८.९८ प्रतिशत ब्याजदर पाउने छन् भने यसको साँवा भुक्तानी २०८४ माघ २५ गते हुनेछ। यो ऋणपत्र माघ २५ गते निष्कासन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *