हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment