दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
११ फागुन २०७९ १०:१४
76
Shares

काठमाडौँ। तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रभु इन्सुरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी ३ कम्पनीले बुक क्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

प्रभु इन्सुरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर सहित ०.३५ तिशत नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन २२ गते कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुनेमा बिहान ११ बजे हुने भएको छ।

सबैको लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन २६ गते मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, वन्दिपुर–५ तनहुँमा बिहान १० हुने भएको छ।

सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र करसहित ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा फागुन २९ गते बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.