प्रि-ओपन सेसन नेप्से १.९१ अंकले ओरालो

डिसी नेपाल
११ फागुन २०७९ ११:०६
40
Shares

काठमाडौं। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा १.९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ।

यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी घटेको छ ।

३ कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.