नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र सूचीकृत भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ वर्ष अवधिको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख ८९ हजार ८१३ कित्ता नेप्से सूचीकृत भएको छ।
यो ऋणपत्र एनआईबीएल एस क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment