५३ खर्ब ८५ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

डिसी नेपाल
१२ फागुन २०७९ ९:३०
108
Shares

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार फाल्गुन १० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब ८५ अर्ब निक्षेप सङ्कलन भएको हो। फाल्गुन ९ गतेसम्म बैंक तथा वित्तीय संस्थासँग  ५२ खर्ब ८० अर्ब रहेको निक्षेप ५ अर्बले फाल्गुन १० गते ५३ खर्ब ८५ अर्ब पुगेको हो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ५ अर्बले बढेर ४७ खर्ब ४७ अर्ब पुगेको छ। ९ फाल्गुनसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ४२ अर्ब रहेको थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी भने घटेको छ।

फाल्गुन १० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २ अर्बले घटेर ४८ खर्ब २१ अर्बमा झरेको छ। ९ फाल्गुनसम्म बैंक तथा वित्तीय संस्थाहरूले  ४७ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो।

बैंकहरूको सिडी रेसियो पनि बढेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.१० प्रतिशतबाट घटेर ८६.१७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।। बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ७ प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.