आगलागीमा परेर पाँचथरमा दुई बालकको मृत्यु

डिसी नेपाल
१२ फागुन २०७९ १९:५५
252
Shares

पाँचथर। घरमा आगलागी हुँदा पाँचथरमा दुई जना बालकको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको शुक्रबार दिउँसो साढे दुई बजे भएको आगलागीमा परी मृत्यु भएको हो।

मृत्यु हुनेमा सरन पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशान खाती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा दिँउसो कोही नभएका बेला आगो लागेको थियो। आगोले घर पूर्ण रुपमा क्षति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *