सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु

डिसी नेपाल
२१ फागुन २०७९ १२:१३
176
Shares

काठमाडौँ। सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ।

‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो।

नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो। उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो। कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.