प्रभु क्यापिटलकाे ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप
काठमाडौँ। प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप गरिएको छ।
फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ का इकाई बिक्री खुला गरेको हो। क्यापिटलका अनुसार समय अगावै सबै इकाई बिक्री भएमा समयअघि नै निष्कासन बन्द गरिनेछ । अब फागुन २८ गतेसम्ममा उक्त फन्डमा आवेदन दिन सक्नेछ।
यस क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको छ। जसमध्ये इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशत अर्थात १ करोड १२ लाख र १ प्रतिशत अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ। सर्वसाधरणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
प्रभु क्यापिटलले उक्त इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी योजना हो।
उक्त फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिने प्रभु क्यापिटलले जानाएको छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिएको हुनुपर्नेछ।
सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो।







डिसी नेपाल







Facebook Comment