१४.४१ अंकले बढ्यो नेप्से

डिसी नेपाल
२३ फागुन २०७९ १५:११
68
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिंग अग्रिम स्थानमा छ। यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र छिमेक लघुवित्तको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा शुभम् हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिवाईसी नेपाल लघुवित्त र नबिल इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.