विदेशी विनिमयदरः अमेरिकी डलर स्थिर हुँदा युरोको भाउ बढ्यो

डिसी नेपाल
२४ फागुन २०७९ ८:०५
24
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

बुधबार युरोपियन युरोको भाउ ३८ पैसाले बढेको छ। आज युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९ पैसा कायम गरिएको छ। मंगलबार भने युरोको खरिदमूल्य १३९ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ७१ पैसा तोकिएको थियो।

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८३ पैसाले यसको मूल्य घटेको हो। मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८पैसामा कारोबार भएको थियो।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ। मंगलबार भने क्यानेडियन डलरको खरिदमूल्य ९६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ५८ थियाे।

कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।

उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २४ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा तोकिएको छ।

आज बहराइन दिनार भने एकको खरिददर ३४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३८ पैसामा किनबेच हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.