अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२५ फागुन २०७९ ८:३६
144
Shares

काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको थियो।

युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर  १५५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा रहेको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६५ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५२ पैसा र विक्रीमा १० रुपैयाँ ५६ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५  पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.