वैदेशिक रोजगारमा रहेका नेपालीले दोल्ती पावरको आईपीओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
२५ फागुन २०७९ ९:४३
76
Shares

काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ भर्ने  फाल्गुन २५ गते अन्तिम दिन रहेको छ। यस आईपीओ वैदेशिक रोजगारमा रहेका नेपाली आज बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन् भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि म्याद थप गरेर चैत ७ गतेसम्म आवेदन दिन पाउने भएका छन्।

कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथा आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता आवेदन दिन पाउनेछन् ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले आयोजना रहेको कार्यालय दैलेखको नौमूले, एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.