माया खोलाको सेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल

डिसी नेपाल
२८ फागुन २०७९ १०:०५
80
Shares

काठमाडौँ। माया खोला हाइड्रोपावरले सेयर रजिष्ट्रार चयन गरेको छ। कम्पनीको सेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल नियुक्त भएको छ।

सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अब सिटिजन्स् क्यापिटलले माया खोलाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ। यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.