ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।







डिसी नेपाल







Facebook Comment