ब्राह्मण, बाहुनवाद र राई प्राज्ञहरु

नारायण भट्टराई
२९ फागुन २०७९ ८:०८

हिन्दु धर्म दर्शनको मुहान मानिने उपनिसदले “ब्राह्मण” शब्दको इति वृतान्त बताएको पाइन्छ।

उपनिसदका अनुसार “ब्राह्मण” सबै मानवमा अन्तर्निहित चेतना हो जसलाइ पश्चिमी दर्शनले “universal self” भन्दछ। जसरी पश्चिमी दर्शनमा “universal self” लाइ एउटा सिमा रहित, अलौकिक अन्तरज्ञानको श्रोतको रुपमा लिइन्छ त्यसरी नै उपनिषदमा ब्राह्मणलाइ मानव जातीको अन्तस्करणको चेतनाको रुपमा लिइएको छ।

“ब्राह्मण” शब्दले कुनै जातीय या भाषिक समूह, समुदाय वा मानिसलाई संकेत गर्दैन। यो एउटा सर्बब्यापी गुण हो जसले मानिसमा अन्तरनिहित ज्ञानको प्रतिनिधित्व गर्दछ।

तर हिन्दु कर्मकाण्डको ब्याख्या गर्ने ग्रन्थहरुले “ब्राह्मण” शब्दको अपब्याख्या गरे अनि यसलाई एउटा अमुक सत्ताको रुपमा स्थापित गरे जसले मानिसहरुलाई यो गर्नु हुने त्यो गर्नु नहुने, एसो गरे स्वर्ग जाइने उसो गरे नर्क गइने आदि आदि नियम बनायो।

अनि ती नियमको व्याख्याता आफूलाई बनायो। ती अपब्याख्या गर्ने बर्ग त्यस समयका कथित् पठित बर्ग थिए जो आजका उच्च जाति “बाहुन” हुन्। त्यो उपनिषदले भनेको चेतनाको श्रोत “ब्राह्मण” लाई पण्डित बाहुनहरुले आफूनै “ब्राह्मण” भएको भ्रमको समाजमा बिजारोपण गरे जसमा तत्कालीन राजा रजौटाहरुको साथ र सहयोग रह्यो।

आफूले पाएको ज्ञानलाइ निरपेक्ष रुपमा सर्बसाधारणसम्म पुर्‍याउनुको सट्टा आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेर तत्कालीन बाहुनहरुले आफूलाई समाजको उच्च बर्गमा स्थापित मात्र गरेनन् त्यसले हिन्दु समाजलाई सयौं बर्षको लागि विभाजित गरिदियो।

हालसालै नेपालको एक प्राज्ञिक संस्था ” प्रज्ञा प्रतिष्ठान” मा भएको नियुक्तिले नयाँ बौद्धिक बहसको ढोका खोलेको छ। खासमा धेरै राईहरु प्राज्ञ हुनु आफैंमा सुखद् समाचार हो। यसलाइ हाम्रो देशको बौद्धिक रुपान्तरणको नयाँ छलाङ मान्न सकिन्छ।

समाजमा सधै एउटा बर्गको फाइदाको लागि अर्को बर्गले काम गर्ने परिपाटी बस्यो। जसले गर्दा उपनिसदले कल्पना गरेजस्तो “ब्राह्मण” हरुको समाज स्थापना हुन सकेन। हाम्रो देशको दुरावस्थाको एउटा मुख्य कारक तिनै बाहुनहरुले स्थापना गरेको बाहुनबादी सत्ता हो, जसले अझै देशको राजनीतिलाई आफ्नो स्वार्थ अनुकुल चलाइरहेको छ।

खासमा ब्राह्मण र बाहुनमा आकास जमिनको फरक छ। ब्राह्मण चेतनाको श्रोतको भने बाहुन एउटा जातीय समूह हो। ब्राह्मण शब्दले ज्ञानलाइ संकेत गर्दछ र यसको कुनै सीमा र सीमितता हुँदैन। जबकि बाहुन शब्दले सीमित मानिसहरुको समुदायलाई जनाउँछ। सारांशमा सबै मानिस ब्राह्मण हुन् तर सबै बाहुन ब्राह्मण होइनन्।

हाम्रो देश नेपाल जहाँ उपनिषद जस्तो महान दार्शनिक ग्रन्थको जन्म भयो त्यही ठाउँमा “ब्राह्मण” शब्दको यसरी दुरुपयोग गरियो की आज पर्यन्त हामीले त्यसको पीडा बेहोर्नु परेको छ।

देशको संविधानले समाबेशिताको सिद्धान्तलाइ अंगिकार गरेको छ। तर बास्तविक जीवनमा त्यसको उपयोग र परिपालन भएको देखिँदैन। जताततै बाहुन र बाहुनबादको बिगबिगी छ।

दलित आयोगमा उच्च जातिका मानिसको बाहुल्यता हुन्छ। समाबेशिताका नाराहरु सत्तामा चड्ने भर्‍याङ भएका छन्। कोही पनि ” ब्राह्मण” हुन् चाहिँदैनन् सबै बाहुन हुन चाहन्छन्।  किन? किनकी “ब्राह्मण” ले विभेद गर्दैन अनि विभेद नगरे फाइदा हुँदैन। अनि आफूलाई फाइदा नपुग्ने गरी बाहुनबादका अनुयायीहरुले केही पनि काम गर्दैनन्।

हालसालै नेपालको एक प्राज्ञिक संस्था ” प्रज्ञा प्रतिष्ठान” मा भएको नियुक्तीले नयाँ बौद्धिक बहसको ढोका खोलेको छ। खासमा धेरै राईहरु प्राज्ञ हुनु आफैंमा सुखद् समाचार हो। यसलाइ हाम्रो देशको बौद्धिक रुपान्तरणको नयाँ छलाङ मान्न सकिन्छ।

यसले हाम्रो विविधतालाई उजागर गर्छ र स्थापित बौद्धिक परम्परालाई पुनर्लेखन गर्छ। हाम्रो वास्तविक परिचयलाई उजागर गर्छ। तर अर्को तर्फ त्यो नियुक्तिले बाहुनवादको नयाँ अध्याय को शुरुवात गरेको छ।

ती सबै राई प्रज्ञाहरु ब्राह्मण हुन सक्छन् तर उनलाई नियुक्ती दिने मन्त्री चाहिं “ब्राह्मण” हुन चुकेका छन्। हो, हिजोका शासकले आफूलाई अनुकुल हुने गरि सत्तामा आफ्ना मान्छे भर्ती गरेकै हुन्।

त्यसमा पनि देशमा बाहुनबादको त बिगबिगी नै छ। तर कुकुरले खुट्टा टोक्यो भनेर कुकुरकै खुट्टा ताक्ने प्रबृत्ति बाट अब चाहिं केही माथि उठियो कि भनेको त्यस्तो देखिएन, जुन दुखद् छ।

सायद अझै केही पुस्ता पर्खिनै पर्छ होला। तर बाहुनबादका मतियारहरुले आफ्नो तरिका नसच्याए भोलिका दिनमा नयाँ खालको अस्वस्थ प्रतिस्पर्दा शुरु हुने संकेत देखिँदैछ। भनिन्छ सबै कुकुरका दिन आउँछन्।

सायद हाम्रो समयमा हामीले नेपालमा “ब्राह्मण” को शासन देख्न पाउँदैनौ होला। तर बाहुन र ब्राह्मणको फरक नयाँ पुस्तालाई सिकाउन सकेमा हाम्रो समाजले नयाँ गती लिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *