एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौँ। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषण गरेको छ। मंगलबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.४४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएका छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment