दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ ९.९९ प्रतिशतले बढेको हो।
युनिक नेपाल लघुवित्तको सेयर भाउ १३२ रुपैयाँ ५० पैसाले बढेर १ हजार ४ सय ५८ रुपैयाँ ४० पैसा पुगेको भने शुभम् पावर कम्पनीको सेयर भाउ ४२ रुपैयाँ ६० पैसाले बढेर ४ सय ६९ रुपैयाँ १० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment