मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना सञ्चालनमा

डिसी नेपाल
१ चैत २०७९ १५:००
56
Shares

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले दुई करोड रुपैयाँसम्म कर्जा दिनेगरी ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।

यस योजनाअनुसार २ करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिदलगायत कर्जाहरु पाइनेछ। कागजात पूरा गरेर पेस गरेको तीन दिनभित्र कर्जा पाइने बैंकले जनाएको छ।

यो योजनाअन्तर्गतको कर्जा बैंकका सबै शाखाबाट प्राप्त गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.