सेयर बजार राताम्मे, १४.४४ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१ चैत २०७९ १५:१४
32
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले घटेर ३६५.२९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सानिमा माई हाइड्रोपावर र नबिल बैंक को कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक  घटेको छ। आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, किसान लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.