सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश नदिने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो।
साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ। साविक सूर्या लाइफ र ज्योति लाइफको वित्तीय विवरणअनुसार उक्त आर्थिक वर्षमा दुवै कम्पनीमा वितरणयोग्य मुनाफा रहेको कम्पनीले जनाएको छ।
उक्त वितरणयोग्य मुनाफाबाट हाल सेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment