प्रभु बैंकको ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ७ जना संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा विनिता अधिकारीको २ लाख कित्ता, कृष्णप्रसाद आचार्यको ८६ हजार ४६८ कित्ता, सुचित्रमान शाक्यको ३० हजार ६५० कित्ता, भोजकुमार सिटौलाको ३३ हजार १८ कित्ता, राजेशकुमार अग्रवालको ५९ हजार ७५९ कित्ता, श्रवणकुमार अग्रवालको ५९ हजार ७५९ कित्ता र सञ्जयकुमार मोरको ३८ हजार २८३ कित्ता रहेका छन्।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकिएको छ। यसको अर्थ सेयर खरिद गर्न चाहनेहरुले न्यून मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी आवेदन दिनुपर्नेछ।
इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment