बिपिडब्लु लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुँदै
काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड चैत ३ गते (शुक्रबार) हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले शुक्रबार बिहान ११ बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।
लघुवित्तको उक्त आइपिओमा १५ लाख ३३ हजार आवेदकले कुल १ करोड ६७ लाख ६५ हजार बढी कित्ताको लागि आवेदन परेका छन्। यस आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । जसमा ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन्। भने, बाँकी १५ लाखको भने हात खाली हुनेछ।
लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो।
बाँकी आईपीओमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्।







डिसी नेपाल







Facebook Comment