५.३२ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ३४ लाख ०२ हजार २६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सविया उपसुचक घटेको छ। आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।
यता, लक्ष्मी लघुवित्त र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment