सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३ चैत २०७९ १०:५१
296
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार सुनको मूल्य प्रति तोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १० रुपैयाँ रहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.