एकै दिन ११ अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो बढ्यो

डिसी नेपाल
३ चैत २०७९ ११:५२
108
Shares

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकै दिन ११ अर्बले घटेको छ। बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ०२ अर्ब रुपैयाँ निक्षेप रहेको छ। ३० फाल्गुनसम्म बैंकहरूको निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११ अर्बले घटेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १२ अर्बले घटेर ४७ खर्ब ६१ अर्बमा खुम्चिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ५ अर्बले बढेर ४८ खर्ब १२ अर्ब पुगेको छ। ३० फाल्गुनसम्म बैंकहरूको कर्जा प्रवाह ४८ खर्ब १७ अर्ब रहेको थियो। वाणिज्य बैंकहरूको कर्जा लगानी भने ५ अर्बले घटेको छ। वाणिज्य बैंकहरूको कर्जा लगानी ४२ खर्ब ७५ अर्ब रुपैयाँबाट घटेर ४२ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको छ।

बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.०९ प्रतिशतले बढेर ८५.६९ प्रतिशत पुगेको छ। ३० फाल्गुनमा बैंकहरुको सीडी रेसियो ८५.६० प्रतिशत रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.