बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

डिसी नेपाल
३ चैत २०७९ १२:०९

काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले आज (शुक्रबार) बिहान ११ बजे आइपिओ बाँडफाँड गरेको हो।

लघुवित्तको उक्त आइपिओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ताको लागि आवेदन दिएका थिए। जसमा १४ लाख ५८ हजार २७८ आवेदकबाट परेको १ करोड ५७ लाख १६ हजार ७६० कित्ता सदर भएको छ। भने १ हजार ५०६ आवेदकबाट परेको १९ हजार ५० कित्ता रद्द भएको छ।

सदर भएको आवेदनमध्ये भाग्यमानी ८ हजार ९५ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो।

बाँकी आईपीओमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *