बैंकसहित दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
५ चैत २०७९ १२:४०

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको  १ करोड ६१ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ।  आइतबारको कारोबारमा सिद्धार्थ बैंक र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सूचिकृत भएको हो।

सिद्धार्थ बैंकको १ करोड ५६ लाख  ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, बिन्ध्यबासिनी हाइड्रोपावको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *