दुई लघुवित्तसहित तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

डिसी नेपाल
५ चैत २०७९ १४:४९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

आइतबारको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

मानुषी लघुवित्तको सेयर भाउ ७७ रुपैयाँले बढेर ८ सय ४७ रुपैयाँ र युनिक नेपाल लघुवित्तको सेयर भाउ १ सय ६० रुपैयाँ ४० पैसाले बढेर १ हजार ७ सय ६४ रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै, शुभम पावरको सेयर भाउ ५१ रुपैयाँ ६० पैसाले बढेर ५ सय ६७ रुपैयाँ ६० पैसा पुगेको छ।  मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *