लगातार बढी रहेको सुनको मूल्यमा ब्रेक, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
६ चैत २०७९ १०:४१

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम गरेको हो।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३०  रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *