सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
६ चैत २०७९ ११:०१

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्न अनुमति माग गरेको छ। कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *