गण्डकी सरकारबाट माओवादीले लियो समर्थन फिर्ता, सरकारबाट पनि बाहिरिने तयारी
पोखरा । गण्डकी प्रदेशमा माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमानसहित दुईजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारी समक्ष बुझाउने भएका हुन् ।
आठ प्रदेशसभा सदस्य (सभामुखसहित) रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अहिलेको सरकार अल्पमतमा परेकाे छ। सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन रहेकोमा माओवादीले समर्थन फिर्ता लिएको हो। साठी सदस्यीय प्रदेशसभामा राप्रपाका दुई प्रदेशसभा सदस्य छन्।
संघ र अरु केही प्रदेश सरकारबाट हटेको राप्रपाले गण्डकीबाट भने अझै बाहिरिने निर्णय गरेको छैन। गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका चार, माओवादी केन्द्रका दुई र राप्रपाका एक मन्त्री छन्।







डिसी नेपाल







Facebook Comment