जन्मेका प्रतिहजार शिशूमा मृत्यु हुने दर ३३, बाल मृत्युदरमा ६३ प्रतिशतले कमी
काठमाडौं। नेपालमा बाल मृत्यु दर उल्लेख्य मात्रामा घटेको छ। जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ ले गरेको अध्ययन अनुसार प्रति हजार जीवित जन्ममा अहिले मृत्यु दर ३३ मा झरेको छ। सन् ००१ मा यो दर ९१ थियो।
तथ्यांक विश्लेषण गर्दा २१ वर्षमा बाल मृत्यु दर ६३.७३ प्रतिशतले घटेको छ। त्यस्तै, जन्मको वर्ष दिनभित्र मृत्यु हुने शिशूको दर पनि घटेको छ। तथ्यांक अनुसार सन् ००१ मा वर्ष दिन भित्र प्रति हजार ६४ शिशूको मृत्यु हुन्थ्यो।
सन् ०२२ मा यो दर घटेर २८ पुगेको छ। जन्मेको २८ दिनभित्र मृत्यु हुने शिशूको दर पनि घटेको छ । सन् ००१ मा जन्मेको २८ दिनभित्र प्रति हजार ३५ शिशूको मृत्यु हुन्थ्यो। यो दर घटेर सन् ०२२ मा २१ मा आईपुगेको छ।
जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ को तथ्यांक समेटेर जागृत बाल तथा युवा सरोकार नेपालले ‘नेपालमा बाल पोषणको अवस्था ०७९’ नामको पुस्तक नै प्रकाशन गरेको छ। शुक्रवार सार्वजनिक भएको पुष्तकमा बालबालिकामा देखि पुड्कोपन पनि घटेको देखाइएको छ।
तथ्यांक अनुसार सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनको दर ५७ प्रतिशत थियो। यो दर घटेर सन् ०२२ मा २५ प्रतिशतमा आइपुगेको छ।
त्यस्तै, पाँच वर्ष मुनिका बालबालिकामा ख्याउटेपनको दर पनि घटेको छ। सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा ख्वाउटेपनको दर ११ प्रतिशत थियो। यो घटेर सन् ०२२ मा ८ प्रतिशतमा आइपुगेको छ। तथ्यांक अनुसार पाँच वर्ष मुनिका बालबालिका कम तौलको दर पनि घटेको छ।
सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा कम तौलको दर ४३ प्रतिशत थियो। यो दर घटेर सन् ०२२ मा १९ प्रतिशतमा आइपुगेको छ। तथ्यांक अनुसार नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पता दर ४३ प्रतिशत रहेको छ।
तथ्यांक विश्लेषण गर्दा शिशूलाई ६ महिनासम्म स्तनपान गराउने दर भने घट्दै गएको छ । सन् ००१ मा ६ मिहनासम्मका शिशूलाई पुर्ण रुपमा स्तनपान गराउने दर ६८ प्रतिशत थियो। यो दर घटेर सन् ०२२ मा ५६ प्रतिशतमा आइपुगेको छ।
पुस्तकमा उल्लेखित विवरण अनुसार सबैभन्दा धेरै पुड्कोपन मधेस प्रदेशमा रहेको छ। मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन छ । त्यस्तै, १० प्रतिशतमा बालबालिकामा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो।
बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ। सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमिका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ ।
यस्तै जन्मेको १ वर्षभित्र शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । त्यस्तै जन्मेको २८ दिन भित्रको शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ रहेको छ ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ ।
समग्रमा नेपालमा बालबालिकामा कुपोषण न्यूनीकरण हुँदै गईरहेको छ । तर पनि जनस्वास्थ्यको परिप्रेक्ष्यबाट पुड्कोपन, ख्याउटेपन र कम तौलको जोखिम विद्यमान समस्या भने रहिरहेको पाइरहेको छ ।
जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए।
उनले भने,‘हामीले कुपोषणको सामना गर्न नागरिक समाज सहित धेरै सरोकारवालाहरू सम्मिलित सहयोगी प्रयासको आवश्यकता भएको स्वीकार गर्नै पर्छ । हामीले पनि समुदाय र परिवारहरूले ज्ञान र स्रोतहरू भएका बालबालिकाहरूलाई पर्याप्त पोषण प्राप्त गर्न सुनिश्चित गर्नका लागि उनीहरुलाई सशक्त बनाउनु पर्छ । संयुक्त प्रयासहरूद्वारा मात्र हामीले नेपालमा कुपोषणको चुनौतीलाई सम्बोधन गर्न र हाम्रा बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्ने आशा गर्न सक्छौं ।’
खाद्य अधिकारका लागि राष्ट्रिय संजाल संयोजक विदुर सुवेदीले सन्तुलित पोषणका लागि खानामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए । उनले भने,‘पत्रुु खानालाई निरुत्साहन गर्नु पर्छ । हामीले हाम्रा पुरानोे खानपानको आनिबानिलाई पुनः सुरु गर्नुपर्छ । यसतर्फ अभिभावकको चेतना बढाउन आवश्यक छ । स्थानीय सरकारलाई यस बिषयमा जिम्मेवार बनाउन आवश्यक छ ।’
जन्मेका प्रतिहजार शिशूमा मृत्यू हुने दर ३३, बाल मृत्यूदरमा ६३ प्रतिशतले कमी
काठमाडौं । नेपालमा बाल मृत्यू दर उल्लेख्य मात्रामा घटेको छ । जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ ले गरेको अध्ययन अनुसार प्रति हजार जीवित जन्ममा अहिले मृत्यू दर ३३ मा झरेको छ । सन् ००१ मा यो दर ९१ थियो ।
तथ्यांक विश्लेषण गर्दा २१ वर्षमा बाल मृत्यू दर ६३।७३ प्रतिशतले घटेको छ । त्यस्तै, जन्मको वर्ष दिनभित्र मृत्यू हुने शिशूको दर पनि घटेको छ । तथ्यांक अनुसार सन् ००१ मा वर्ष दिन भित्र प्रति हजार ६४ शिशूको मृत्यू हुन्थ्यो ।
सन् ०२२ मा यो दर घटेर २८ पुगेको छ । जन्मेको २८ दिनभित्र मृत्यू हुने शिशूको दर पनि घटेको छ । सन् ००१ मा जन्मेको २८ दिनभित्र प्रति हजार ३५ शिशूको मृत्यू हुन्थ्यो । यो दर घटेर सन् ०२२ मा २१ मा आईपुगेको छ ।
जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ को तथ्यांक समेटेर जागृत बाल तथा युवा सरोकार नेपालले ‘नेपालमा बाल पोषणको अवस्था ०७९’ नामको पुस्तक नै प्रकाशन गरेको छ । शुक्रवार सार्वजनिक भएको पुष्तकमा बालबालिकामा देखि पुड्कोपन पनि घटेको देखाइएको छ।
तथ्यांक अनुसार सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनको दर ५७ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा २५ प्रतिशतमा आइपुगेको छ ।
त्यस्तै, पाँच वर्ष मुनिका बालबालिकामा ख्याउटेपनको दर पनि घटेको छ । सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा ख्वाउटेपनको दर ११ प्रतिशत थियो । यो घटेर सन् ०२२ मा ८ प्रतिशतमा आइपुगेको छ । तथ्यांक अनुसार पाँच वर्ष मुनिका बालबालिका कम तौलको दर पनि घटेको छ।
सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा कम तौलको दर ४३ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा १९ प्रतिशतमा आइपुगेको छ ।
तथ्यांक अनुसार नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पता दर ४३ प्रतिशत रहेको छ ।
तथ्यांक विश्लेषण गर्दा शिशूलाई ६ महिनासम्म स्तनपान गराउने दर भने घट्दै गएको छ । सन् ००१ मा ६ मिहनासम्मका शिशूलाई पुर्ण रुपमा स्तनपान गराउने दर ६८ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा ५६ प्रतिशतमा आइपुगेको छ ।
पुस्तकमा उल्लेखित विवरण अनुसार सबैभन्दा धेरै पुड्कोपन मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन छ । त्यस्तै, १० प्रतिशतमा बालबालिकामा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो ।
बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ। सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमिका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ।
यस्तै जन्मेको १ वर्षभित्र शिशुको मृत्यु ९प्रति १००० जीवित जन्ममा० सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । त्यस्तै जन्मेको २८ दिन भित्रको शिशुको मृत्यु ९प्रति १००० जीवित जन्ममा० सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ रहेको छ ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ ।
समग्रमा नेपालमा बालबालिकामा कुपोषण न्यूनीकरण हुँदै गईरहेको छ । तर पनि जनस्वास्थ्यको परिप्रेक्ष्यबाट पुड्कोपन, ख्याउटेपन र कम तौलको जोखिम विद्यमान समस्या भने रहिरहेको पाइरहेको छ ।
जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए। उनले भने,‘हामीले कुपोषणको सामना गर्न नागरिक समाज सहित धेरै सरोकारवालाहरू सम्मिलित सहयोगी प्रयासको आवश्यकता भएको स्वीकार गर्नै पर्छ। हामीले पनि समुदाय र परिवारहरूले ज्ञान र स्रोतहरू भएका बालबालिकाहरूलाई पर्याप्त पोषण प्राप्त गर्न सुनिश्चित गर्नका लागि उनीहरुलाई सशक्त बनाउनु पर्छ । संयुक्त प्रयासहरूद्वारा मात्र हामीले नेपालमा कुपोषणको चुनौतीलाई सम्बोधन गर्न र हाम्रा बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्ने आशा गर्न सक्छौं ।’
खाद्य अधिकारका लागि राष्ट्रिय संजाल संयोजक विदुर सुवेदीले सन्तुलित पोषणका लागि खानामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए ।
उनले भने,‘पत्रुु खानालाई निरुत्साहन गर्नु पर्छ । हामीले हाम्रा पुरानोे खानपानको आनिबानिलाई पुनः सुरु गर्नुपर्छ । यसतर्फ अभिभावकको चेतना बढाउन आवश्यक छ । स्थानीय सरकारलाई यस बिषयमा जिम्मेवार बनाउन आवश्यक छ।’







डिसी नेपाल







Facebook Comment