नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१२ चैत २०७९ ९:५६

काठमाडौँ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको १ हजार ५०० कित्ता बिक्रीमा ल्याएको हो।

यसमा विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणहरुले पनि खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १ हजार ११५ रुपैयाँ तोकिएको छ। यसको अर्थ न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन पेस गर्नुपर्नेछ। खरिद आवेदन १५ दिनभित्र संस्थाको धादिङको धादिङबेसीस्थित केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *