मुलुकमा अनैतिक, अमर्यादित र अशोभनीय गतिविधि बढे,जनताले बिकल्प खोज्छन् : कमल थापा

डिसी नेपाल
१२ चैत २०७९ ९:४८
32
Shares

भक्तपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीति दलप्रति आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन्।

महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक ,अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको बताए।

काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्ट ,अनैतिक र असफल भनेर भनिएका दलहरूसँग सत्ता गठबन्धन बनायर ब्रम्हलुटमा सँगै सम्लग्न हुनुले नयाँ उदय भएका दलहरुप्रतिको भरोसा पनि टुटेको बिचार ब्यक्त गरे।

सत्ता र शक्ति केन्द्रित भएका ठूला दलहरुकै बाटोमा हिड्ने कामले बिकल्प दिन नसक्ने उनको दाबी थियो। जनतालाई जीवन धान्न गाह्रो भएको बिषयले भन्दा पनि सत्तारोहणको बिषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको बिचार ब्यक्त गरे।

मुकुक डरलाग्दो आर्थिक संकट तिर गैरहेकोमा चिन्ता ब्यक्त गर्दै थापाले भने, “आर्थिक मन्दी बढ्ने क्रममा छ,कारोबार ठप्प प्राय छ, बित्तीय संकट गहिरिँदै छ, महंगी अनियन्त्रित छ, निर्यात छैन,उत्पादन छैन, रेमिट्यान्समा बिचलन आए मुलुक धराशायी हुनेछ। ”

सरकारसँग अहिलेको सड्ढटबाट मुक्त हुने कुनै नीति,योजना कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार बिरोधी भरपर्दो बैकल्पिक शक्ति खोजिरहेको र त्यो शक्ति राप्रपा नेपाल बनाउने अभियानलाई साथ दिन समेत आग्रह गरे।

कार्यक्रममा पार्टीका नेताहरु माधब खत्री , शङ्खदेब, यबती कार्की, रामसुन्दर बिष्ट लगायतले बोलेका थिए। भेलाले सागर बुढाथोकीको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल मध्यपुर-१ वडा समिति गठन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.