नेष्डो समृद्ध लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
१२ चैत २०७९ ११:०५

काठमाडौँ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको ७७औँ बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ५० प्रतिशत बोनस सेयर  र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।  साथै कर प्रयोजनार्थ कम्पनीले ३.६८ प्रतिशत रकम पनि छुट्याईएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र  २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश छन्। साथै, कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *