एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियानः उपाध्यक्ष पौडेल

डिसी नेपाल
१२ चैत २०७९ ११:०६
112
Shares

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनको दाबी छ ।

उनले  निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि  राजनीतिक समीकरण बदलिने स्थित आएपछि  प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।

‘समझदारीका साथ सरकारमा गएको  । यद्यपि ‌प्रचण्डले धोका दिएकाले  एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको हो ’  उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.