एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
१२ चैत २०७९ ११:१९

काठमाडौं। एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। इन्सुरेन्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्दैछ। यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा डाकेको छ।

इन्सुरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गर्दैछ। त्यसैले यो कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ।

यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्‍याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ।

यस्तै, साभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डाहरु पनि रहेको छ। आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *