गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
१२ चैत २०७९ ११:५५

काठमाडौँ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.२७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। प्रस्तावित बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी १३ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि आफ्नो सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *