लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस

डिसी नेपाल
१२ चैत २०७९ १६:३१
280
Shares

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ। नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताए।

यसअघि, नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री लिला गिरीको अल्पमतमा परेको छ, यद्यपि उनले राजीनामा दिएका छैनन्।

सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो।

नेता चौधरीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.