संवैधानिक परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, संशोधन पेस गर्न ७२ घण्टाको समय

डिसी नेपाल
१२ चैत २०७९ १७:२३
68
Shares

काठमाडौं। प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री शर्माले संवैधानिक परिषद्लाई अघि बढाउन र यससम्बन्धी कानुनी रिक्ततालाई पूरा गर्न विधेयक प्रस्तुत गरिएको बताइन्। बैठकमा सांसदले उठाएका जिज्ञासाका सम्बन्धमा मन्त्री शर्माले संवैधानिक निकायमा योग्य व्यक्ति नियुक्त होस् भन्ने सबैको चासोलाई विधेयकमा समेटिएको जानकारी गराइन्। उनले विधेयकको व्यवस्थाले राज्यका तीनै अङ्गबीच सन्तुलन कायम हुने अवस्था हुनेसमेत उल्लेख गरिन्।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा (एमाले)का महेशकुमार बर्तौला र रघुजी पन्त, नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला र भानुभक्त जोशी, जनता समाजवादी पार्टी नेपालका प्रदीप यादव, नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी र रामहरि खतिवडा, नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिएका थिए।

उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सदनले छलफलका लागि पारित गरे लगत्तै सभामुख देवराज घिमिरेले संशोधन प्रस्ताव पेस गर्न सांसदलाई ७२ घण्टाको समय दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.