अमेरिकी डलरको भाउ स्थिर, युरोकाे बढ्याे

डिसी नेपाल
१३ चैत २०७९ ९:०४

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

साेमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। आज यसको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम गरिएको छ। अघिल्लो दिन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ३९ पैसाले बढेर युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १६१ रुपैयाँ ६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६० रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ५३ पैसा कायम भएकाे थियो।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २३ पैसा रहेकाे छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर सोमबार ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ।

कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसामा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८८ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *