सुपर माई हाइड्रोपावरको सेयर कारोबार खुला

काठमाडौँ। सुपर माई हाइड्रोपावरको सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको छ। ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार सुरु भएको हो।
सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो।
यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ। नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रुपैयाँदेखि ३९२.२८ रुपैयाँसम्म तोकेको थियो।
प्रतिक्रिया
Facebook Comment